मेरो बारेमा
ललितपुर क्षेत्र नं ३ उम्मेदवार
- जन्म मिति: बि.स २०२२-१०-१६
- वेब साइट: www.jitendrakumarshrestha.com
- फोन: +९७७-९८५१००५४५९
- स्थाई ठेगाना: ललितपुर महानगरपालिका, वडा नं ३ पुल्चोक
- उमेर: ६०
- शिक्षा: बि.कम
- इमेल: jitendramaleku@gmail.com
विशेष अंश
३:३३:०० देखि ३:४०:०० सम्म
जितेन्द्र कुमार श्रेष्ठ
ललितपुरको विकास, लोकतन्त्रको सुदृढीकरण र सुशासनको प्रतिबद्ध नेतृत्व
संस्कृति र सम्पदाको शहर ललितपुरको केन्द्रविन्दु पुल्चोक स्थित बौद्ध स्तुपाको काखैमा जन्मनु भएका जितेन्द्र कुमार श्रेष्ठ नेपाली काँग्रेस ललितपुर जिल्ला सभापति मात्र होइनन्, परिवर्तित काँग्रेसको एक खम्बा पनि हुन् ।
सानै उमेरमा काठको व्यापार व्यवसायमा लाग्नुभएका श्रेष्ठ स्वाभलम्बी चरित्रका साथै आत्मनिर्भर समाज निर्माणमा विश्वास राख्नुहुन्छ। सामाजिक सेवामा सक्रिय उहाँलाई २०७२ को भूकम्प, Covid-19 तथा बाढीपछिको राहत वितरणका अगुवा समाजसेवीका रूपमा चिनिन्छ।
वडा सभापतिबाट सुरु भएको उहाँको राजनीतिक यात्रा क्षेत्रीय सचिव, कोषाध्यक्ष, महाधिवेशन प्रतिनिधि हुँदै महासमिति सदस्यसम्म पुगेको छ। लोकतन्त्र र नेपाली काँग्रेसप्रति उहाँको निरन्तर समर्पण प्रशंसनीय छ।
संविधान संशोधन, सुशासन, भ्रष्टाचार नियन्त्रण, उद्योग तथा व्यवसाय प्रवर्द्धन, प्रेस स्वतन्त्रता लगायतका विषयमा संसदमा उहाँको आवाज सशक्त रहने विश्वास गरिएको छ।
फागुन २१ – प्रतिनिधि सभा निर्वाचन
आफ्नो अमूल्य मत रुख चिन्हमा दिएर लोकतन्त्र, स्थिरता र समुन्नत भविष्यका लागि साथ दिनुहुन हार्दिक अनुरोध गर्दछौं।
समग्रमा
मेरो राजनीतिक यात्रा
नेवि संघ सदस्य
बि.स २०४३
२०४३ सालमा नेवि संघ सदस्य प्राप्त
नेपाली काँग्रेस को क्रियाशिल सदस्य
बि.स २०५०
२०५० सालमा नेपाली काँग्रेस को क्रियाशिल सदस्य प्राप्त
वडा नं ३ इकाई सभापति
बि.स २०५०
२०५० सालमा नेपाली काँग्रेस वडा नं ३ इकाई सभापति
कोषाध्यक्ष
बि.स २०५२
२०५२ सालमा क्षेत्रिय कार्य समितिको कोषाध्यक्ष
महाअधिवेशन प्रतिनिधि
बि.स २०५७
२०५७ सालमा नेपाली काँग्रेस को महाअधिवेशन प्रतिनिधि
क्षेत्रिय समिति सचिव
बि.स २०५७
२०५७ साल देखी क्षेत्रिय समितिको सचिव
जिल्ला सदस्य
बि.स २०५८ - २०५९
२०५८ - २०५९ सालबाट नेपाली काँग्रेसको जिल्ला सदस्य
केन्द्रिय कोषाध्यक्ष
बि.स २०५९
बि.स २०५९ सालमा नेपाल संस्कृति संघ को केन्द्रिय कोषाध्यक्ष
आन्दोलन परिचालन समितिको सदस्य
बि.स २०६२/६३
बि.स २०६२/६३ साल आन्दोलन परिचालन समितिको सदस्य
जिल्ला कोषाध्यक्ष
बि.स २०६४
२०६४ सालबाट नेपाली काँग्रेसको जिल्ला कोषाध्यक्ष